तुलादान

कुनै व्यक्तिले आफ्नो शरीरको तौल बराबरको सुन, चाँदी वा अन्न आदि तौलेर ब्राम्हणलाई दान दिने कार्यलाई तुलादान भनिन्छ ।
हाम्रो पूर्वीय सभ्यतामा दानको महत्व विशिष्ट छ । खुसी दिनु दानको प्रयोजन हो । कलियुगको सर्वोत्तम धर्म नै दान हो । अझ तुलादानलाई त महादान पनि भनिन्छ । तुलादानमा एकातिर मान्छे र अर्कोतिर सिक्का राखिन्छ र सो बराबर भएपछि पृथ्वीलाई आव्हान गरेर दान दिइन्छ ।
तुलादानबाट मानिसले जन्मजन्मान्तरमा गरेको पाप वा विपत्ति नष्ट भइ सुख, समृद्धि ल्याउने र मोक्ष मिल्ने मात्र होइन, दातालाई विष्णुलोक प्राप्त हुन्छ भन्ने विश्वास समेत गरिन्छ ।

तुलादान गर्ने दिन: अगस्त १२, शनिबार

सुझाव दिएको दान रकम: $१५१