रूद्री पाठ

ॐ नमः शिवाय , ॐ साम्वसदा शिवाय नमः जस्ता महामन्त्रले हामी मानव जातिको मन शान्त बनाउछ भन्ने विश्वास गर्नेहरू भगवान शिवका भक्त हुन्। जो जस्को भक्त हुन्छ, उस्को कल्याण पनि हुन्छ। रूद्र भन्नाले भगवान शिव रिसाउंदाको रूप हो । रीस उठ्दा दिमागले राम्रो र नराम्रो छुट्याउन सक्दैन। त्यसैले सबैभन्दा महत्त्वपूर्ण जीत भन्नुुु नै नरिसाउनु हो,अथवा मन र दिमाग को सम्बन्ध अटूट राख्नु हो जसबाट रीसको परिणाम नराम्रोबाट राम्रो हुुुुन्छ । सनातन वैदिक धर्मका अनुष्ठान मध्ये शिवको पूजा या रुद्रीपाठको महिमाअत्यधिक छ । शिव अनुष्ठान तीन प्रकारका हुन्छन् ;होमात्मक, जपात्मक, र अभिषेकात्मक। चार वेद मध्ये यजूर्वेदका शिव सम्बन्धी महत्वपूर्ण मन्त्रहरू संकलन गरी एउटा “रुद्री” नामकरण गरिएको हो। रौद्र रूप शिवको अनुष्ठान विधि नै “रुद्रीपाठ” बनेको हो। यो पाठ अत्यन्त होस् पूर्वक नीयम पुर्यएर मात्र गर्नुपर्छ। सुद्ध आचरण र गहन अध्ययन भएकाले मात्र नियम पुर्याएर मात्र पढ्नु भनिएको छ। यो सानो रुद्री किताब नियम पूर्वक एघार पटक दोहोर्याएर पढेपछि बल्ल एक रुद्रीपाठ मानिन्छ। त्यसैगरी १२१ रुद्रीपाठ गरेपछि एक लघु रूद्रीपाठ मानिन्छ। १३३१ रुद्रीपाठ गर्दा बल्ल महारूद्री हुन्छ भने १४६४१ रुद्रीपाठ सकेपछि एक अतिरूद्रीपाठ पूरा हुन्छ। यसरी विधिपुर्वक धेरै आचार्यद्वारा रुद्रीपाठ र लघुरूद्री गर्दा आफू र आफ्नो वरिपरि नै शान्त हुने अथवा रुद्र भगवानले सबैको रीसलाई परास्त गर्ने विवेक दिन्छन् भन्ने हाम्रो धार्मिक मान्यताका साथै मनोविज्ञानले पनि ठूलो काम गरिरहेकै हुन्छ । यो कुरा प्राचीन कालमा प्रमाणित भएकोले आधुनिककालमा समेत एक रूद्रीपाठ, लघु रूद्री र महारुद्रीको प्रलचन छ। यसबाट रीस राग, द्वेष र अहन्कार निर्मूल हुने अनिल शिव (मंगल) को प्रीय बनिन्छ भन्ने विश्वास पनि छ। त्यसैले सप्ताह र अन्य यज्ञहरुमा यस् रूद्रीपाठलाई विशेष महत्वका साथ लिइन्छ ।