भागवत पुराण परिचय

श्रीमद्भागवत महापुराण सनातन धर्मको अठार पुराणहरू मध्येको एक हो। यसलाई श्रीमद्भागवत अथवा छोटकरीमा भागवत पनि भनिन्छ। यसले भक्तियोगलाई मुख्य रूपमा अंगालेको छ र श्री कृष्णलाई सबै देवी परमेश्वरका रूपमा चित्रित गरेको छ। आदि शंकराचार्यको अद्वेत वेदान्तका दर्शनहरू पनि  भागवत् महापुराणमा समावेश छन्। श्री वेद व्यासलाई यस पुराणका रचयता मानिन्छ।
संरचना
भागवत पुराण भगवान शुकदेवले महाराज परीक्षितलाई सुनाईएको कथाहरूको संगालो हो । यसमा १८ हजार श्लोक, ३३५ अध्याय तथा १२ स्कन्धहरू छन् । स्कन्धरू निम्न अनुसार छन्:
पहिलो स्कन्ध भक्तियोग तथा त्यसबाट उत्पन्न हुने वैराग्यको वर्णन
दोश्रो स्कन्ध ब्रह्माण्डको उत्त्पत्ति तथा व्रह्म को स्वरूपको वर्णन
तेश्रो स्कन्ध उद्धव द्वारा भगवानको बाल चरित्रको वर्णन
चौथो स्कन्ध राजर्षि ध्रुव एवं पृथु आदिको चरित्रको वर्णन
पाचौँ स्कन्ध समुद्र, पर्वत, नदी, पाताल, नरक आदिको वर्णन
छैटौ स्कन्ध देवता, मनुष्य, पशु, पक्षी आदिको जन्मको कथा
सातौं स्कन्ध हिरण्यकश्यिपु, हिरण्याक्षका साथ प्रह्लादको चरित्र
आठौं स्कन्ध गजेन्द्र मोक्ष, मन्वन्तर कथा, वामन अवतार
नवौं स्कन्ध राजवंशहरूको विवरण, श्रीरामकद कथा
दशौं स्कन्ध भगवान श्रीकृष्ण की अनन्त लीलाहरू
एघारौं स्कन्ध यदुवंशको नाश
बह्रौं स्कन्ध विभिन्न युग तथा प्रलय र भगवानका उपांगहरू आदिको वर्णन
महत्व
पुराणहरूमा सबैभन्दा प्रसिद्ध र महत्वपूर्ण मानिने भागवत पुराणलाई पाचौं वेद पनि भन्ने गरिन्छ। यसले भक्ति मार्गलाई मुख्य धर्मको रूपमा मानेको छ जसलाई भागवत गीतको पुरकको रूपमा लिन सकिन्छ। यसमा गरिएको धर्मको व्याख्या तथा देवी देवताहरूको बयान वेदमा भए जत्तिकै महत्वपूर्ण मानिन्छ।
भागवत पुराण भगवान श्री कृष्णका वाङ्मय रूप हो। भागवत र भगवान श्रीकृष्णमा एक मानिन्छ। भागवत सुन्नु श्री कृष्ण भेट्नु जस्तै हो। भागवत एक पुराण हो। पुराण वैदिक पुरक साहित्य हो जसले वेदको ज्ञान सबैले बुझ्ने भाषामा कथाको रूपमा प्रस्तुत गर्दछ।