Program / कार्यक्रम

न्यू इङ्गल्याण्डका ६ राज्य र यसको प्रमुख महानगर बोस्टन क्षेत्रमा नेपालीहरुको जनसंख्या उल्लेख्य रुपमा बढ्दै गएसंगै आफ्नो संस्कृति, धर्मकर्म, रीति तथा परम्पराको निरन्तरताको लागि आफ्नै मन्दिर तथा सांस्कृतिक केन्द्रको आवश्यकता महसुश हुँदै आएको हो । यसै सन्दर्भमा श्री पशुतिपतिनाथको मन्दिर  र भगवान बुद्धको स्तुप सहितको सामुदायिक भवन स्थापना गर्ने उद्देश्य सहित सन् २०१२ मा पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्यान्ड, PABFONE को स्थापना भएको हो। यस अभियानलाई मूर्त रुप दिन PABFONE को सहयोगार्थ यस क्षेत्रका नेपाली भाषी तथा विभिन्न संघसंस्थाको संयोजनमा आगामी अगस्त ६ देखि १२ सम्म एक साताब्यापी कार्यक्रमश्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब (Boston Saptaha – 2017)  कोआयोजना गरिएको छ।

बोस्टन सप्ताह २०१७ आयोजनाका लागि  १००१ सदस्यीय समारोह आयोजक मूल समिति गठन भएको छ जसमा न्यू इङ्गल्यान्ड क्षेत्रमा बस्ने  नेपालीभाषीहरुको उल्लासपूर्ण सहभागिता छ।  कार्य संचालन र ब्यबस्थापन सहजताको लागि मूल आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन भएका छन् र हुने क्रम जारी छ।

उक्त बहु-धार्मिक, बहु-सांस्कृतिक आध्यात्मिक महोत्सबमा भागवत सप्ताहको सांगीतिक वाचन तथा आध्यात्मिक कार्यक्रम प्रस्तुतिका लागि अन्तर्रराष्ट्रिय रुपमा ख्याति कमाएका लोकप्रीय युवा पण्डित, वाचनप्रवीण श्री दीनबन्धु पोख्रेलद्वारा जनसाधरणले बुझ्ने शैलीमा श्रीमद्भागवत कथा वाचन हुने छ। यसका माथै यस सप्ताहमा बौद्ध, किराँत तथा समस्त ओमकार परिबार भित्रका धर्म तथा संस्कृति संग सम्बन्धित् विभिन्न कार्यक्रमहरू संलग्न गरिने छन्।

अमेरिकामा सम्पन हुन लागेको यो  सम्भवत: सबै भन्दा ठूलो नेपाली आध्यात्मिक महोत्सब तथा तीर्थ स्थलमा प्रत्यक्ष रुपमा आफ्नो परिवार, नालनाता र साथी-भाइसहित सहभागि भई पुण्य लाभ गर्न यहाहरु सबैमा हार्दिक निमन्त्रणा गर्दछौं । साथै यस महान कार्यको आयोजक समितिमा स्वयंसेवकको रूपमा सहभागी भई सहयोग गरिदिनुहुन सबै मा अनुरोध गर्दछौं ।

सप्ताहमा निम्न अनुसारका आकर्षणहरु रहने छन्:

भागवत पुराण कथा वाचन सामुहिक ब्रतबन्ध ब्रत समापन
कलश यात्रा रूद्री पाठ तुलादान
लाखबत्ती गुन्यूचोलो लामा पाठ
ब्रज्रयान गुरूजू पूजा बौद्ध तथा किराँत धर्म शिक्षा अखण्ड ध्यान (रिले मेडिटेशन)