कलशयात्रा

सप्ताह महायज्ञको कलश र कलशमा भएको जलको ज्यादै महत्व छ । सबै देवी-देवताहरूको आह्वान गरेर वहाँहरूको उपस्थितिमा सप्ताह सम्पन्न गरिएको हुन्छ । राम्रा नराम्रा सबै ग्रहहरूको पूजा पनि गरिएको हुन्छ यस्तो अवसरमा । वास्तवमा सूर्य र जल हरेक प्राणीको जीवनसंग सम्बन्ध छ। संसारका सबै धर्ममा पूजा- प्रार्थना गर्दा जललाई नजिक राखिन्छ । जलले हामी नजिकको धूलो मैला सफा गर्ने मात्र नभई प्रश्वासको गति र आँखाको दृष्टिलाई समेत सुन्दर राख्छ भनिन्छ ।

धार्मिक दृष्टिकोणमा मात्र कुरा गर्दा यस सप्ताहभर विभिन्न मन्त्रद्वारा कलशमा भएको पानीलाई शक्ति सम्पन्न पारिन्छ । यो जल आफ्नो कोठा-घरमा राखियो भने परिवार सबैको दुख दूर हुने र सबैको मनमा आनंद हुनेछ, अधूरा कामहरू पूरा हुनेछन्, सबैको मन शान्तभावले पूर्ण भई पढाइ गर्ने वा जागिर गर्नेहरूमा आत्मविश्वास र लगनशीलता बढ्नेछ। अध्यात्म दर्शन र वैदिक परम्परामा विश्वास गर्नेहरूका लागि त यो जलयुक्त कलश हरिश्चन्द्र राजाको प्रार्थनाबाट धर्तीमा आएकी गंगा नै हो । यो जलले सिञ्चन गरेपछि हाम्रा दुश्मन( रिस, राग, असन्तोष, अहमता, अहंकार सहित अन्य सबै) हरू विस्तारै नष्ट हुन्छन् । यस कुरामा विश्वास गर्नेहरूको त प्रश्न छैन तर यो विषयमा द्विविधा( शंका) हुनेहरूले यस अवसरमा प्रयोग गरेर त हेरौ भन्ने आग्रह हो । त्यो प्रयोग भने विधिपूर्वक श्रद्धाले गर्नुपर्छ । यदि विधि पुर्याउन गारो भयो भने श्रद्धापूर्वक चै हूनुपर्छ ।

शुभ होस् , मंगल होस्।

सप्ताह कलश घर लैजानको लागि याहाँ दर्ता गर्नुहोस्

सप्ताहमा प्रयोग भएको कलश घर लैजानको लागि आफ्नो नाम दर्ता गराउनुहोस्। कलश सप्ताहको अन्तिम दिनमा बाँडिने छ।
सुझाव दिएको दान रकम: $५१