सामुहिक ब्रतबन्ध

बोस्टन सप्ताह २०१७ एउटा धार्मिक महोत्सव हो। यसमा हुने विभिन्न धार्मिक कार्यक्रम तथा संस्कार मध्ये सामुहिक ब्रतबन्ध पनि एक महत्वपूर्ण धार्मिक अनुष्ठान हो। यसमा न्यू ईङ्गल्याण्ड क्षेत्रमा बस्ने सम्पूर्ण नेपालीहरूलाई उमेर पुगेका पुत्रसहरूलाई सहभागी गराई धार्मिक विधि पूर्ववक सम्पन्न गर्न आह्वान गर्दछौं।

भागवत सप्ताहको महत्वपूर्ण अवसरमा ब्रतबन्ध गरिनु अत्यन्त पवित्र र ठूलो साईत मानिन्छ। परदेशको यो भूमिमा यस्तो अवसर उपलब्ध हुनु हाम्रो लागि निकै ठूलो कुरा हो। धार्मिक र आध्यात्मिक रूपमा अति महत्वपूर्ण यो अवसर व्यवस्थापनको दृष्टिले पनि अभिभावकहरूलाई सजिलो पर्ने छ। सामुहिक ब्रतबन्धमा आफ्ना निम्तालु आफन्त र पाहुनाहरूलाई बोलाए पुग्छ। बाँकि सबै सप्ताह आयोजक समितिले व्यवस्था मिलाउने छ। थप जानकारीको लागि यो फारम भरेर हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रा स्वयंसेवकहरू छिट्टै तपाईंहरू संग सम्पर्क गर्ने छन्।

ब्रतबन्ध हुने दिन: अगस्त १२, शनिबार

सुझाव दिएको दान रकम: $६०१