सप्ताहको उपवाचक, गणेश तथा पूजाचार्य द्वारा निम्ता स्वीकार

बाेस्टन सप्ताहकाे तर्फबाट अाज यसका प्रमुख कर्ता हरि काफ्लेले श्री महेश सुवेदीलाई उपवाचककाे रुपमा, श्री रमेश पराजुली गणेशकाे रुपमा तथा श्री दिनेश ढुङ्गेललाई पूजाचार्यकाे रुपमा अाधिकारिक निमन्त्रणा दिनुभयाे। उक्त निमन्त्रणा सवैले स्वीकार गरि मन, वचन तथा कर्मले यस सप्ताहमा काम गर्ने दृढता ब्यक्त गर्नुका साथै यस सप्ताहकाे क्रममा भक्तजनबाट अाफूले पाउने दक्षिणा समेत पुन: सप्ताहलाई नै दान दिने समेत घाेषणा गर्नुभयाे।