सामुदायिक केन्द्रको भवन खरिदको तयारी

पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यू ईङ्गल्याण्ड सामुदायिक केन्द्र स्थापना गर्नको लागि आवश्यक भवन खरीद गर्ने कार्यमा लागेको छ। यस कामलाई व्यवस्थित गर्न श्री प्रल्हाद केसीको संयजकत्वमा ५ सदस्सीय भवन खरीद समिति बनाईसकेको छ। यो समितिले ग्रेटर बोस्टन क्षेत्रमा संभाव्य भवनहरूको अध्ययन गर्न थालेको छ। हरेक आईतबार हुने सप्ताह सम्बन्धि मिटिङमा उक्त समितिले छानेको संभाव्य भवनहरूको विषयमा पनि छलफल हुन्छ। न्यू ईङ्गल्याण्डमा बस्ने सम्पूर्ण नेपालीहरूलाई यो छलफलमा सहभागी हुन हामी आह्वान गर्दछौं।

बोस्टन सप्ताह आयोजक समिति